मोरङ– पथरीशनिश्चरे नगरपालिका- २ सरस्वती टोलबाट जरायोको सिङ ३ जोर (६ वटा) सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय नीरज गुरुङ र २४ वर्षीय विजय राई रहेका छन्।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले नीरजको घर तलासी गर्दा उक्त सिङ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि सवडिभिजन वन कार्यालय पथरी पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।