काठमाडौं– नेपाल औषधि उत्पादक संघमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ।
अध्यक्ष र सदस्यहरुमा उम्मेदवार परे पनि निर्वाचन अघि सबै पदमा सर्वसम्मत सहमति भएपछि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन्।
संघको अध्यक्षमा विप्लव अधिकारी र सदस्यहरुमा क्रमश: प्रभात रुङ्गटा, पृथ्वी राज भण्डारी (निजु), सन्तोष बराल, गिरिराज पाठक (गणेश), सुमित चन्द्र श्रेष्ठ, शैलेस वैध, पंकज तिवारी, इश्वर भण्डारी, शरदचन्द्र ओझा, सजल राज रेग्मी र प्रवन दाहाल सर्वसम्मत चयन भएका हुन्।
संघको निर्वतमान अध्यक्ष महेश प्रसाद प्रधान हुन्।
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले संघको वरिष्ठ उपाध्यक्षमा प्रभात रुङ्गटा, उपाध्यक्षमा पृथ्वी राज भण्डारी (निजु), महासचिवमा सन्तोष बराल, सचिवमा गिरिराज पाठक (गणेश) र कोषाध्यक्षमा सुमित चन्द्र श्रेष्ठलाई चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।