काठमाडौं – नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकता एकता गर्ने सहमति गरेको छ।
मंगलबार पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले यस्तो जानकारी दिए।
उनले वार्ता टोली बनाएर एकताको छलफल थाल्ने निर्णय पनि भएको छ।
‘विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने सहमति भएको छ,’ सापकोटाले भने, ‘वार्ता टोली बनाएर छलफल थाल्ने छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।