काठमाडौं– नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताबद्ध भएको दाबी गरेका छन्।
मंगलबार स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
‘पहिलो कुरा देशको लोकतान्त्रिक आन्दोलनको सुदृढिकरण, गणतन्त्रको सुदृढिकरणको निम्ति हाम्रो पार्टी जसले यो परिवर्तनमा सबैभन्दा महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्यो,’ प्रचण्डले भने, ‘यसलाई एकताबद्ध गर्ने चुनौती हाम्रो अगाडि थियो। त्यो चुनौतीलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।