काठमाडौँ– वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ।
शाखाले उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन माग गरेको हो।
उक्त क्षेत्रको भाषा परीक्षामा पाँच हजार ३०० कोटा तोकिएको छ। उत्पादनमूलक क्षेत्रमा ३ हजार ५ सय र पशुपालन क्षेत्रमा १ हजार ८ सय कोटा तोकिएको शाखाले जनाएको छ।
एक व्यक्तिले एक वटा क्षेत्रमा मात्र फारम भर्न पाउनेछ। भाषा परीक्षाको उत्र्तिण परीक्षार्थीहरूले मात्र दोस्रो चरणको स्किल टेष्ट र कम्पिटेन्सी टेष्टमा सहभागी भएर उत्र्तिण भएपछि मात्रै रोजगार आवेदन फारम भर्ना पाउनेछन्।
कोरियन भाषा परीक्षाका लागि यही साउन २६ देखि ३१ गतेसम्म आवेदन दिन सकिने र आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, नेपाली नागरिक हुनुपर्ने शाखाद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ। भाषा परीक्षा भने काठमाडौं केन्द्रबाट सञ्चालन हुनेछ।
ईपीएस प्रणालीअन्तर्गत कोरिया जान चाहने नेपाली कामदारहरूका लागि भाषा परीक्षा अनिवार्य गरिएको छ। आवेदकले आवेदन फारम अनलाइन प्रणाली https://eoers.epsnepal.gov.np मा गएर भर्नुपर्नेछ। परीक्षा शुल्क २८ अमेरिकी डलर(आजको रेटअनुसार ३ हजार ८ सय ६६ रुपैयाँ) लाग्छ। परीक्षाको समयतालिका भने पछि प्रकाशित गर्ने शाखाले जनाएको छ।
अनलाइनबाट कसरी दिने आवेदन, के-के चाहिन्छ कागजात ?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।