काठमाडौँ– बोलबम हिँडेकी एक जना महिलाको सुन्दरीजलमा चिप्लिएर लड्दा मृत्यु भएको छ।
मृत्यु हुनेमा चितवन घर भएर कपन बस्दै आएकी ३५ वर्षीया सन्ध्या धामी छिन्।
आइतबार राति लडेपछि उनलाई उद्धार गरेर जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदिप चन्दले जानकारी दिए।
प्रहरीका अनुसार उनी सोमबार राति १:३५ बजेतिर गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल सुन्दरीमाई मन्दिरमा बोलबम गएकी थिइन्। सो क्रममा ढुंगामा चिप्लेर उनी खोलामा डुबेकी थिइन्।
खोलामा डुबेको अवस्थामा प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएको टोलीले नेपाली सेनाको सुन्दरीजल विपद् व्यवस्थापन टोलीले उद्धार गरेको थियो।
उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल पठाइएकोमा उपचारका क्रममा १:४८ बजे मृत्यु भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।