काठमाडौँ– प्रतिनिधिसभाको साउन मसान्तसम्मको क्यालेन्डर तय भएको छ।
सभामुख देवराज घिमिरेको आह्वानमा बसेको प्रमुख दलका प्रमुख सचेतकहरू र कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासियाको बैठकमा भएको सहमतिअनुरूप कार्यव्यवस्था परामर्श समिति बैठकले क्यालेन्डर तय गरेको हो।
क्यालेन्डर अनुसार प्रतिनिधिसभा बैठक सोमबारसहित ६ दिन बस्नेछ। तय गरिएको ‘पाक्षिक सम्भावित कार्यतालिका’ अनुसार प्रतिनिधिसभा बैठक साउन १९, २०, २१, २७, २८ र २९ गते बस्नेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।