सिराहा– खोटाङको हलेसी दर्शन गरेर सिराहा फर्किँदै गरेको गाडी दुर्घटनामा १ जनाको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी नरहा गाउँपालिका–३ कि ३६ वर्षीय ममतादेवी यादवको मृत्यु भएको हो।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ मा सोमबार बिहान भएको बोलेरो दुर्घटनामा १८ जना घाइते भएका थिए।
इलाका प्रहरी कार्यालय हलेसी महादेवस्थान खोटाङका प्रहरी निरीक्षक हेमन्त राईका अनुसार सिराहाबाट रिजर्भ लिएर गएको उक्त विङ्गर गाडी भिरबाट करिब डेढसय मिटरतल खसेर दुर्घटना भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।