काठमाडौँ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ मा दुर्घटनामा परेका घाइतेहरूलाई काठमाडौँ रिफर गरिएको छ।
घुर्मी स्वास्थ्य चौकीले रिफर गरेपछि ६ जनालाई उपचारको लागि काठमाडौँ पठाइएको खोटाङका डीएसपी प्रतिक विष्टले बताएका हुन्।
प्रदेश २–०१–००१ ज ००५३ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको डीएसपी विष्टले जानकारी दिए। गाडी चालक फरार छन्।
सिराहाबाट रिजर्भ लिएर गएको उक्त विङ्गर गाडी भिरबाट करिब डेढसय मिटरतल खसेर दुर्घटना भएको हो।११ जना घाइतेहरूको प्राथमिक स्वास्थ्य चौकी घुर्मीमा उपचार हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।