काठमाडौँ– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ।
पार्टी कार्यालय पेरिसडाँडामा सोमबार पौने १२ बजेदेखि बैठक सुरु भएको हो।
शुक्रबारदेखि जारी बैठक अध्यक्ष प्रचण्डको जवाफसहित आजै समापन हुने बताइएको छ।
अध्यक्ष प्रचण्डले जवाफ दिनुअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङले आ-आफ्नो धारणा राख्ने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।
बैठकमा प्रचण्डको दस्ताबेजमा उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्कीलगायत केही नेताले प्रश्न उठाए पनि अधिकांशले समर्थन जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।