काठमाडौं– प्रतिनिधि सभाको बैठकअघि सभामुखले ५ दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन्।
संसद् भवन बानेश्वरमा केही बेरअघिबाट छलफल चलिरहेको छ।
उक्त छलफलमा उपसभामुख इन्दिरा राना र कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया समेत उपस्थित छन् ।
बैठकमा साउन महिनाको १५ गतेदेखि ३० गतेसम्मको क्यालेन्डर बनाउने साथै रास्वपा र राप्रपाले जारी राखेको सदन अवरोधबारे पनि छलफल हुने जनाइएको छ।
यो बैठक लगत्तै कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।