काठमाडौं– खोटाङको हलेसीबाट फर्किँदै गरेको गाडी आज बिहान जयरामघाटमा दुर्घटना भएको छ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ मा सोमबार बिहान भएको बोलेरो दुर्घटनामा १८ जना घाइते भएका हुन् ।
इलाका प्रहरी कार्यालय हलेसी महादेवस्थान खोटाङका प्रहरी निरीक्षक हेमन्त राईका अनुसार सिराहाबाट रिजर्भ लिएर गएको उक्त विङ्गर गाडी भिरबाट करिब डेढसय मिटरतल खसेर दुर्घटना भएको हो।
प्रहरी सबै यात्रुलाई उद्धार गरी घुर्मी अस्पताल पुर्याएको छ। घाइते मध्ये १२ जनाको अवस्था गभ्भीर रहेकोले राईको भनाइ छ। एम्बुलेन्स नभएकोले घाइतेलाई प्रहरीको गाडीमा हालेर अस्पताल लगिँदैछ।
घाइतेमध्ये केहीको मृत्यु हुन सक्ने प्रहरीको अनुमान छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।