काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गल्ती गर्नेले नै आत्मालोचना गर्नुपर्ने बताएका छन्।
आइतवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
बैठकमा पार्टीका उपमहासचिव जनार्दन शर्माले ३१ लाख जनमत भएको माओवादी ११ लाखमा झर्नुमा आफ्नो कारण रहेको भए आत्मालोचना गर्ने र पार्टी अध्यक्षले पनि आत्मालोचना गर्नुपर्ने धारणा राखेका थिए। सोही विषयमा सञ्चारकर्मीहरूसँग प्रचण्डले गल्ती गर्नेले आत्मालोचना गर्नुपर्ने टिप्पणी गरे।
प्रचण्डले भने, ‘अहिले छलफल चलिरहेको छ। गल्ती गर्नेले आत्मालोचना गर्नुपर्छ।’
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा आइतवार १९ जनाले आफ्ना धारणा राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।