काबुल– अफगानिस्तानको पश्चिमी बाड्घीस प्रान्तका एक जना उम्मेदवारको दुर्घटनामा परी मृत्यु भएको छ।
_x000D_
_x000D_
उनको सवारी दुर्घटनामा परी मृत्यु भएको स्थानीय निजी समाचार संस्थाले सोमबार जानकारी दिएको छ।
_x000D_
_x000D_
छिमेकी हेरात प्रान्ततर्फ गइरहेको बेला बाड्घीस प्रान्तमा संसदीय निर्वाचनमा उम्मेदवार भएकी फ्रैबा रहमानीको मृत्यु भएको हो।
_x000D_
_x000D_
उनी तीन दिन अगाडी घाइते भएकी हुन्। उहाँको हेरात क्षेत्रीय अस्पतालमा सोमबार निधन भएको अधिकारीहरूले जनाएका छन्।
_x000D_
_x000D_
क्वाडिस जिल्लाकी बासिन्दा फ्रैबा ५५ बर्षको थिइन्। अफगानिस्तानमा यही २० अक्टोबरका दिन संसदीय निर्वाचन हुन लागेको छ।
_x000D_
_x000D_
निर्वाचन नजिकिँदै गर्दा हिंसात्मक घटनाहरु पनि बढ्दै गइरहेका छन्।
_x000D_
_x000D_
निर्वाचनका लागि मताधिकार भएका झण्डै ९० लाख मध्ये ३० लाख महिला रहेको अधिकारीहरुले जनाएका छन्।(रासस/सिन्ह्वा)
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।