राजविराज– सप्तरीमा प्रहरीले गोली प्रहार गरेर लागु औषध कारोबारीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरीका बडिबिरपुर–१ घर भएका विशाल राय र डाक्नेश्वरी–७ घर घर भएका मनोज राय हुन्।
आरोपीहरूलाई नियन्त्रणमा लिने क्रममा दुई राउन्ड हवाई फायर गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाले बताएका छन्।
ब्युरोका सई बालकृष्ण सन्जेल नेतृत्वको टिमले आरोपीहरूको साथबाट करिब २ सय ग्राम खैरो हेरोइन बरामद गरेको छ।
ब्युरोबाट खटिएको टोलीले स्थानीय प्रहरीसँगको समन्वयमा आरोपीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको कोइरालाले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।