• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २५, २०८२ Tue, Nov 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘बदला’ लिने दाउमा कांग्रेस संस्थापन

64x64
नेपाल लाइभ मंगलबार, असोज २३, २०७५  ०१:४४
1140x725

नेपाली कांग्रेसको संस्थापन पक्षले इतर समूहलाई फेरि एकपटक केन्द्रीय समितिमा ‘निरीह’ बनाउन सफल भएको छ। प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनमा पराजयपश्चात् भातृ तथा शुभेच्छुक संगठनको नेतृत्व चयनमा सभापति शेरबहादुर देउवा पक्षलाई इतर समूहले पछि पारेको थियो। संस्थापन पक्षले नेपाल विद्यार्थी संघ (नेविसंघ)मा ३२ वर्षे उमेर हद मार्फत इतर समूहसँग ‘बदला’ लिने स्पष्ट संकेत दिएको छ।

_x000D_ _x000D_

कांग्रेस सभापतिमा सुशील कोइराला रहँदा गरिएको निर्णयको अस्त्र संस्थापन पक्षले हाल आएर प्रयोग गरेको छ। कोइराला पार्टी सभापति भएको बेला रन्जित कर्ण नेविसंघ अध्यक्ष बनेका थिए। तत्कालीन समयमा संघको निर्देशक समितिको संयोजकमा नेता प्रकाशमान सिंह थिए भने विद्यार्थी विभाग प्रमुखमा थिए नविन्द्रराज जोशी। तत्कालीन समयमै नेविसंघका भावी महाधिवेसनमा ३२ वर्षे उमेर हद लागू गर्ने निर्णय गरिएको थियो।

_x000D_ _x000D_

केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा संस्थापन पक्ष सोही निर्णयलाई आधार मान्दै हाबी भएपछि इतर समूह ‘निरीह’ बन्न पुगेको हो। उमेर हद हटाउने पक्षमा रहेको इतर समूह र हदबन्दी लगाउनै पर्ने अडानमा संस्थापन समूह रहेपछि बहुमतका आधारमा केन्द्रीय समितिले उमेर हद लगाउने निर्णय गरेको छ। केन्द्रीय कार्य समितिमा स्पष्ट बहुमत रहेको संस्थापन पक्षले आफू अनुकुल निर्णय गरेसँगै इतर समूहका नेताहरुले ‘नोट अफ डिसेन्ट’ लेख्दै चित्त बुझाउनु पर्ने परिस्थिति बनेको हो।

_x000D_ _x000D_

संघको ११औं महाधिवेसनपछि सभापति नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्लेबीचको विवादले पार्टीको ‘नर्सरी’ संगठन चलायमान हुन सकेको थिएन। निर्वाचनपछि पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला निकट विद्यार्थी नेताहरुको गठजोड बनेको थियो। दुई समूहका नेता एकै स्थानमा उभिएपछि १२औं महाधिवेसनमा संस्थापन पक्ष पराजित हुने इतर समूहको ठम्याई थियो। तर, इतर समूहको रणनीतिलाई परास्त गर्न पार्टीको संस्थापन पक्ष सफल भएको छ।

_x000D_ _x000D_

‘अवैधानिक निर्देशक समिति’

_x000D_ _x000D_

११औं महाधिवेसन सम्पन्न गर्नका लागि सभापति देउवाले गठन गरेको निर्देशक समितिलाई ब्युँताएर सभापति देउवाले पार्टी सह–महामन्त्री डा प्रकाशशरण महतलाई संयोजकत्व दिएका थिए। सँगसँगै यसअघि ५ सदस्यीय रहेको समितिमा थप ५ जनालाई थप्दै देउवाले निर्देशक समितिमा सदस्य संख्या १० पुर्‍याएका थिए। तर, ११औं महाधिवेसनको प्रयोजनका लागि गठित निर्देशक समितिको वर्तमानमा पनि औचित्य नहुने कांग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेलको मत छ।

_x000D_ _x000D_

निर्देशक समितिको सदस्यसमेत रहेका नेता पौडेलले कांग्रेसको विधानमा संघको निर्देशक समितिको गठनको व्यवस्था नभएको जनाउँदै भने, ‘अवैधानिक समितिका संयोजकले संघको विधान पार्टी केन्द्रीय कार्यसमितिमा पेस गर्न मिल्दैन।’

_x000D_ _x000D_

महतको संयोजकत्वमा गोविन्द भट्टराई, प्रदीप पौडेल, किशोरसिंह राठोर र गुरु घिमिरे रहेको समितिमा गगन थापा, नविन्द्रराज जोशी, एनपी साउद, रञ्जित कर्ण र ऋषिकेशजंग शाहलाई थपिएको थियो।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

संघको मागमा पार्टी नेतृत्वको बेवास्ता

_x000D_ _x000D_

आइतबारको केन्द्रीय समितिमा महामन्त्री महतले संघको विधान पेस गरेपछि उमेर हदका विषयमा नेताहरुले धारणा राखेका थिए। प्रारम्भमा बोलेका नेता महेश आचार्यले हदबन्दी हटाउनुपर्ने मत राखेका थिए। त्यसलगत्तै अर्का नेता नविन्द्रराज जोशीले पनि उमेर हदको विपक्षमा आफ्नो विचार राखे। युवा नेता प्रदिप पौडेलले पूर्ववक्ता आचार्य र जोशीको बोलीमा समर्थन जनाए। संस्थापन पक्षका नेताहरुले भने उमेर हदको पक्षमै अडान लिए।

_x000D_ _x000D_

पक्ष÷विपक्षमा मत देखिएपछि पार्टी सभापतिले बहुमतको निर्णयको सहारा लिएका थिए। केन्द्रीय समितिमा बहुमत भएका देउवाले सह–महामन्त्री महतले पेस गरेको प्रस्ताव पारित गराए।

_x000D_ _x000D_

उमेर हदकै विषयमा मत बाझिएपछि शुक्रबार बस्न नसकेको बैठक आइतबार संस्थापन इतर समूहको चाहनाविपरित सकियो। बैठकमा इतर समूहका नेताहरुले लिखित असहमति जनाएका थिए।

_x000D_ _x000D_

तर समूहका नेताहरुले संघले सर्वसहमतिमा उमेर हद हटाउन गरेको मागलाई पार्टी नेतृत्वले बेवास्ता गरेको भन्दै संस्थापन पक्षको आलोचना गरे।

_x000D_ _x000D_

शिर्ष तहका चार नेताले प्रस्तुत गरेको फरक मतमा ‘नेपाल विद्यार्थी संघको विधान, २०२७, सातौं संसोधन, २०७५’ लाई पन्छाइएको आरोप लगाएका छन्। पौडेल र सिटौलाको फरक मतमा नेताहरु प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले साथ दिएका थिए। विधि, प्रक्रिया र पद्धतिलाई पूर्णरुपमा उपेक्षा गर्दै छुट्टै विधान मस्यौदा प्रस्तुत भएको उनीहरुको दाबी छ।

_x000D_ _x000D_

संघले पार्टीलाई बुझाएको विधानलाई अध्ययन गर्न नदिएको भन्दै नेताहरुले आपत्तिसमेत जनाएका छन्।

_x000D_ _x000D_

दोश्रो तहका विद्यार्थी नेतालाई आकस्मिक लाभ

_x000D_ _x000D_

उमेर हद लगाउने निर्णयसँगै संस्थापन इतर समूहका विद्यार्थी नेताबाट भावी सभापतिको उम्मेदवारका रुपमा चर्चामा रहेका कुन्दनराज काफ्लेको बाटो रोकिएको छ। पौडेल पक्षबाट गत महाधिवेसनमा पराजित मनोजमणि आचार्यले पनि उम्मेदवारी दिन नपाउने भएका छन्। साथै वर्तमान पदाधिकारीमा रहेका उर्मिला थपलिया, प्रकाश राना, नविन राई, रामप्रसाद अधिकारी र डिल्लीराम सुवेदीले पनि उमेर हदकै कारण प्रत्यासी हुन नपाउने भएका छन्।

_x000D_ _x000D_

दोश्रो तहमा रहेका विद्यार्थी नेताहरुको परिपक्वता नभई सकेको जनाउँदै पार्टी संस्थापन इतर समूहले उमेर हद कायम नराख्न बल गरेको थियो। इतर समूह बहुमतले पारित गरेको निर्णयलाई मान्नै पर्ने बाध्यतामा पुगेसँगै समूहगत रुपमै विद्यार्थी नेताहरुमा प्रत्यासीहरुको चर्चा सुरु भएको छ।

_x000D_ _x000D_

संस्थापन पक्षबाट पार्टी सह–महामन्त्री महतका ‘प्रिय पात्र’ मानिने प्रेमराज जोशीलाई सभापतिको बलियो दाबेदारका रुपमा हेरिएको छ। जोशी संघको प्रवक्ता पनि हुन्। जोशीका साथै संघकी सह–महामन्त्री अम्बिका चलाउने पनि संस्थापन पक्षबाट सभापतिको आकांक्षी हुन्। चलाउने अछामस्थित पञ्चदेवल नगरपालिकाकी उममेयर हुन्। उनी संघका सभापति नैनसिंह महर नजिककी मानिन्छिन्।

_x000D_ _x000D_

संस्थापन पक्षबाट पवन यादवलाई पनि उम्मेदवार हुन उमेरले रोक्दैन। हाल मधेसी आरक्षणबाट यादव उपाध्यक्ष पदमा छन्।

_x000D_ _x000D_

पौडेल समूहबाट शिव रिमाल सभापतिको प्रत्यासी बन्ने सम्भवना छ। रिमाल हाल कोषाध्यक्षको जिम्मेवारीमा छन्। पौडेल समूहबाट नै सागर परियारको नाम पनि बाहिर आएको छ। सागर परियार वर्तमान कार्यसमितिका उपाध्यक्ष पनि हुन्। परियार महामन्त्री डा शशांक कोइराला नजिकका विद्यार्थी नेता पनि हुन्।

_x000D_ _x000D_

सिटौला पक्षबाट सभापतिको उम्मेदवारमा सुशील भट्ट, निरञ्जन थापा र डोजङ शेर्पाको नाम चर्चामा छ। भट्ट केन्द्रीय सदस्य हुन् भने थापा सह–महामन्त्रीमा पराजित भएका थिए।

_x000D_ _x000D_

चाडपर्वका कारण विद्यालय, क्याम्पसहरु बिदा हुने भएकाले वर्तमान केन्द्रीय कार्यसमितिको कार्यकाल भित्र महाधिवेसन गर्न नसकिने सभापति महरले बताए। विधान पारित हुन ढिलाई भएसँगै तोकिएको समयमै नेविसंघको १२औं महाधिवेसन हुनेमा आशंका छ। समयमै कांग्रेस केन्द्रीय समितिबाट विधान पास नभएपछि हालसम्म भइसक्नुपर्ने तल्लो तहको अधिवेसन हुन सकेको छैन। जसका कारण पनि अधिवेसन अनिश्चित बनेको हो। अधिवेसन आगामी कात्तिक १६, १७ र १८ का लागि तया भएको थियो।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०७५  ०१:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेश प्रदेशलाई दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न सर्वोच्चको आदेश
भिडियो तोडमोड गरी प्रशारण गरिएको घटनामा बीबीसीसँग एक बिलियन डलर क्षतिपूर्ति माग्ने ट्रम्पको चेतावनी
मधेसका नवनियुक्त मुख्यमन्त्रीले सम्हाले कार्यभार, विपक्षी दलहरु सडक आन्दोलनमा
सम्बन्धित सामग्री
मधेश प्रदेशलाई दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न सर्वोच्चको आदेश अर्जुन साह र रकीप्रसाद साह समेतले सोमबार दायर गरेको रिटमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको सर्वोच्च अदालतका सहरजिष्ट्रार समेत रहेका... मंगलबार, कात्तिक २५, २०८२
मधेसका नवनियुक्त मुख्यमन्त्रीले सम्हाले कार्यभार, विपक्षी दलहरु सडक आन्दोलनमा मधेस आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरूलाई मधेस रत्न सम्मानबाट सम्मानित गर्ने निर्णय गरेका हुन् । मुलुकमा सङ्घीयता ल्याउन मधेसका... मंगलबार, कात्तिक २५, २०८२
जेनजी विद्रोह संस्थागत गर्न नेपाल जेनजी फ्रन्टले सरकारलाई बुझायो सम्झौतापत्रको मस्यौदा फ्रन्टले तयार गरेको सम्झौताको मस्यौदामा जेन–जी विद्रोहलाई नेपालको लोकतान्त्रिक अभ्यासमा देखिएको असन्तुष्टि, प्रतिनिधित्वको अभाव र शा... मंगलबार, कात्तिक २५, २०८२
ताजा समाचारसबै
मधेश प्रदेशलाई दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न सर्वोच्चको आदेश मंगलबार, कात्तिक २५, २०८२
भिडियो तोडमोड गरी प्रशारण गरिएको घटनामा बीबीसीसँग एक बिलियन डलर क्षतिपूर्ति माग्ने ट्रम्पको चेतावनी मंगलबार, कात्तिक २५, २०८२
मधेसका नवनियुक्त मुख्यमन्त्रीले सम्हाले कार्यभार, विपक्षी दलहरु सडक आन्दोलनमा मंगलबार, कात्तिक २५, २०८२
जेनजी विद्रोह संस्थागत गर्न नेपाल जेनजी फ्रन्टले सरकारलाई बुझायो सम्झौतापत्रको मस्यौदा मंगलबार, कात्तिक २५, २०८२
मधेसमा मन्त्री बन्ने सांसदलाई राप्रपाले सोध्यो स्पष्टीकरण मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त सोमबार, कात्तिक २४, २०८२
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ सिफारिस सोमबार, कात्तिक २४, २०८२
मधेशमा तीन मन्त्री नियुक्त, राप्रपा पनि सहभागी सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्