• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘बदला’ लिने दाउमा कांग्रेस संस्थापन

64x64
नेपाल लाइभ मंगलबार, असोज २३, २०७५  ०१:४४
1140x725

नेपाली कांग्रेसको संस्थापन पक्षले इतर समूहलाई फेरि एकपटक केन्द्रीय समितिमा ‘निरीह’ बनाउन सफल भएको छ। प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनमा पराजयपश्चात् भातृ तथा शुभेच्छुक संगठनको नेतृत्व चयनमा सभापति शेरबहादुर देउवा पक्षलाई इतर समूहले पछि पारेको थियो। संस्थापन पक्षले नेपाल विद्यार्थी संघ (नेविसंघ)मा ३२ वर्षे उमेर हद मार्फत इतर समूहसँग ‘बदला’ लिने स्पष्ट संकेत दिएको छ।

_x000D_ _x000D_

कांग्रेस सभापतिमा सुशील कोइराला रहँदा गरिएको निर्णयको अस्त्र संस्थापन पक्षले हाल आएर प्रयोग गरेको छ। कोइराला पार्टी सभापति भएको बेला रन्जित कर्ण नेविसंघ अध्यक्ष बनेका थिए। तत्कालीन समयमा संघको निर्देशक समितिको संयोजकमा नेता प्रकाशमान सिंह थिए भने विद्यार्थी विभाग प्रमुखमा थिए नविन्द्रराज जोशी। तत्कालीन समयमै नेविसंघका भावी महाधिवेसनमा ३२ वर्षे उमेर हद लागू गर्ने निर्णय गरिएको थियो।

_x000D_ _x000D_

केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा संस्थापन पक्ष सोही निर्णयलाई आधार मान्दै हाबी भएपछि इतर समूह ‘निरीह’ बन्न पुगेको हो। उमेर हद हटाउने पक्षमा रहेको इतर समूह र हदबन्दी लगाउनै पर्ने अडानमा संस्थापन समूह रहेपछि बहुमतका आधारमा केन्द्रीय समितिले उमेर हद लगाउने निर्णय गरेको छ। केन्द्रीय कार्य समितिमा स्पष्ट बहुमत रहेको संस्थापन पक्षले आफू अनुकुल निर्णय गरेसँगै इतर समूहका नेताहरुले ‘नोट अफ डिसेन्ट’ लेख्दै चित्त बुझाउनु पर्ने परिस्थिति बनेको हो।

_x000D_ _x000D_

संघको ११औं महाधिवेसनपछि सभापति नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्लेबीचको विवादले पार्टीको ‘नर्सरी’ संगठन चलायमान हुन सकेको थिएन। निर्वाचनपछि पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला निकट विद्यार्थी नेताहरुको गठजोड बनेको थियो। दुई समूहका नेता एकै स्थानमा उभिएपछि १२औं महाधिवेसनमा संस्थापन पक्ष पराजित हुने इतर समूहको ठम्याई थियो। तर, इतर समूहको रणनीतिलाई परास्त गर्न पार्टीको संस्थापन पक्ष सफल भएको छ।

_x000D_ _x000D_

‘अवैधानिक निर्देशक समिति’

_x000D_ _x000D_

११औं महाधिवेसन सम्पन्न गर्नका लागि सभापति देउवाले गठन गरेको निर्देशक समितिलाई ब्युँताएर सभापति देउवाले पार्टी सह–महामन्त्री डा प्रकाशशरण महतलाई संयोजकत्व दिएका थिए। सँगसँगै यसअघि ५ सदस्यीय रहेको समितिमा थप ५ जनालाई थप्दै देउवाले निर्देशक समितिमा सदस्य संख्या १० पुर्‍याएका थिए। तर, ११औं महाधिवेसनको प्रयोजनका लागि गठित निर्देशक समितिको वर्तमानमा पनि औचित्य नहुने कांग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेलको मत छ।

_x000D_ _x000D_

निर्देशक समितिको सदस्यसमेत रहेका नेता पौडेलले कांग्रेसको विधानमा संघको निर्देशक समितिको गठनको व्यवस्था नभएको जनाउँदै भने, ‘अवैधानिक समितिका संयोजकले संघको विधान पार्टी केन्द्रीय कार्यसमितिमा पेस गर्न मिल्दैन।’

_x000D_ _x000D_

महतको संयोजकत्वमा गोविन्द भट्टराई, प्रदीप पौडेल, किशोरसिंह राठोर र गुरु घिमिरे रहेको समितिमा गगन थापा, नविन्द्रराज जोशी, एनपी साउद, रञ्जित कर्ण र ऋषिकेशजंग शाहलाई थपिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

संघको मागमा पार्टी नेतृत्वको बेवास्ता

_x000D_ _x000D_

आइतबारको केन्द्रीय समितिमा महामन्त्री महतले संघको विधान पेस गरेपछि उमेर हदका विषयमा नेताहरुले धारणा राखेका थिए। प्रारम्भमा बोलेका नेता महेश आचार्यले हदबन्दी हटाउनुपर्ने मत राखेका थिए। त्यसलगत्तै अर्का नेता नविन्द्रराज जोशीले पनि उमेर हदको विपक्षमा आफ्नो विचार राखे। युवा नेता प्रदिप पौडेलले पूर्ववक्ता आचार्य र जोशीको बोलीमा समर्थन जनाए। संस्थापन पक्षका नेताहरुले भने उमेर हदको पक्षमै अडान लिए।

_x000D_ _x000D_

पक्ष÷विपक्षमा मत देखिएपछि पार्टी सभापतिले बहुमतको निर्णयको सहारा लिएका थिए। केन्द्रीय समितिमा बहुमत भएका देउवाले सह–महामन्त्री महतले पेस गरेको प्रस्ताव पारित गराए।

_x000D_ _x000D_

उमेर हदकै विषयमा मत बाझिएपछि शुक्रबार बस्न नसकेको बैठक आइतबार संस्थापन इतर समूहको चाहनाविपरित सकियो। बैठकमा इतर समूहका नेताहरुले लिखित असहमति जनाएका थिए।

Xtrem

Xtrem
_x000D_ _x000D_

तर समूहका नेताहरुले संघले सर्वसहमतिमा उमेर हद हटाउन गरेको मागलाई पार्टी नेतृत्वले बेवास्ता गरेको भन्दै संस्थापन पक्षको आलोचना गरे।

_x000D_ _x000D_

शिर्ष तहका चार नेताले प्रस्तुत गरेको फरक मतमा ‘नेपाल विद्यार्थी संघको विधान, २०२७, सातौं संसोधन, २०७५’ लाई पन्छाइएको आरोप लगाएका छन्। पौडेल र सिटौलाको फरक मतमा नेताहरु प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले साथ दिएका थिए। विधि, प्रक्रिया र पद्धतिलाई पूर्णरुपमा उपेक्षा गर्दै छुट्टै विधान मस्यौदा प्रस्तुत भएको उनीहरुको दाबी छ।

_x000D_ _x000D_

संघले पार्टीलाई बुझाएको विधानलाई अध्ययन गर्न नदिएको भन्दै नेताहरुले आपत्तिसमेत जनाएका छन्।

_x000D_ _x000D_

दोश्रो तहका विद्यार्थी नेतालाई आकस्मिक लाभ

_x000D_ _x000D_

उमेर हद लगाउने निर्णयसँगै संस्थापन इतर समूहका विद्यार्थी नेताबाट भावी सभापतिको उम्मेदवारका रुपमा चर्चामा रहेका कुन्दनराज काफ्लेको बाटो रोकिएको छ। पौडेल पक्षबाट गत महाधिवेसनमा पराजित मनोजमणि आचार्यले पनि उम्मेदवारी दिन नपाउने भएका छन्। साथै वर्तमान पदाधिकारीमा रहेका उर्मिला थपलिया, प्रकाश राना, नविन राई, रामप्रसाद अधिकारी र डिल्लीराम सुवेदीले पनि उमेर हदकै कारण प्रत्यासी हुन नपाउने भएका छन्।

_x000D_ _x000D_

दोश्रो तहमा रहेका विद्यार्थी नेताहरुको परिपक्वता नभई सकेको जनाउँदै पार्टी संस्थापन इतर समूहले उमेर हद कायम नराख्न बल गरेको थियो। इतर समूह बहुमतले पारित गरेको निर्णयलाई मान्नै पर्ने बाध्यतामा पुगेसँगै समूहगत रुपमै विद्यार्थी नेताहरुमा प्रत्यासीहरुको चर्चा सुरु भएको छ।

_x000D_ _x000D_

संस्थापन पक्षबाट पार्टी सह–महामन्त्री महतका ‘प्रिय पात्र’ मानिने प्रेमराज जोशीलाई सभापतिको बलियो दाबेदारका रुपमा हेरिएको छ। जोशी संघको प्रवक्ता पनि हुन्। जोशीका साथै संघकी सह–महामन्त्री अम्बिका चलाउने पनि संस्थापन पक्षबाट सभापतिको आकांक्षी हुन्। चलाउने अछामस्थित पञ्चदेवल नगरपालिकाकी उममेयर हुन्। उनी संघका सभापति नैनसिंह महर नजिककी मानिन्छिन्।

_x000D_ _x000D_

संस्थापन पक्षबाट पवन यादवलाई पनि उम्मेदवार हुन उमेरले रोक्दैन। हाल मधेसी आरक्षणबाट यादव उपाध्यक्ष पदमा छन्।

_x000D_ _x000D_

पौडेल समूहबाट शिव रिमाल सभापतिको प्रत्यासी बन्ने सम्भवना छ। रिमाल हाल कोषाध्यक्षको जिम्मेवारीमा छन्। पौडेल समूहबाट नै सागर परियारको नाम पनि बाहिर आएको छ। सागर परियार वर्तमान कार्यसमितिका उपाध्यक्ष पनि हुन्। परियार महामन्त्री डा शशांक कोइराला नजिकका विद्यार्थी नेता पनि हुन्।

_x000D_ _x000D_

सिटौला पक्षबाट सभापतिको उम्मेदवारमा सुशील भट्ट, निरञ्जन थापा र डोजङ शेर्पाको नाम चर्चामा छ। भट्ट केन्द्रीय सदस्य हुन् भने थापा सह–महामन्त्रीमा पराजित भएका थिए।

_x000D_ _x000D_

चाडपर्वका कारण विद्यालय, क्याम्पसहरु बिदा हुने भएकाले वर्तमान केन्द्रीय कार्यसमितिको कार्यकाल भित्र महाधिवेसन गर्न नसकिने सभापति महरले बताए। विधान पारित हुन ढिलाई भएसँगै तोकिएको समयमै नेविसंघको १२औं महाधिवेसन हुनेमा आशंका छ। समयमै कांग्रेस केन्द्रीय समितिबाट विधान पास नभएपछि हालसम्म भइसक्नुपर्ने तल्लो तहको अधिवेसन हुन सकेको छैन। जसका कारण पनि अधिवेसन अनिश्चित बनेको हो। अधिवेसन आगामी कात्तिक १६, १७ र १८ का लागि तया भएको थियो।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०७५  ०१:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नारायणी नदीमा बाढीको उच्च जोखिम, चितवन र नवलपरासीका होचा क्षेत्रमा सतर्कता अपनाउन आग्रह
भोटेकोशी बाढीपीडितलाई अमेरिकाबाट २ लाख २६ हजार डलर सहयोग
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा
सम्बन्धित सामग्री
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ लोकसेवाको परामर्शबारे सरकारको प्रतिक्रिया भने अहिलेसम्म सार्वजनिक भएको छैन । शनिबार, असोज १०, २०८३
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ महाराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू नयाँ जोशका १५ औं महाधिवेशनमा जान लागेको बता... शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे नेपाली कांग्रेसको सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ मनाेनयन  शुल्क  तोकिएको छ । तर उक्त शुल्क भन्दा बढी रकम लिएकाे गुनासाे आएप... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
नारायणी नदीमा बाढीको उच्च जोखिम, चितवन र नवलपरासीका होचा क्षेत्रमा सतर्कता अपनाउन आग्रह आइतबार, असोज ११, २०८३
भोटेकोशी बाढीपीडितलाई अमेरिकाबाट २ लाख २६ हजार डलर सहयोग आइतबार, असोज ११, २०८३
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा आइतबार, असोज ११, २०८३
आजदेखि सोह्र श्राद्ध सुरु आइतबार, असोज ११, २०८३
लगातार वर्षापछि देशभरका दर्जनौं सडकखण्डमा आवागमन बन्द, ठाउँ–ठाउँमा पहिरो आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्