काठमाडौं–सुक्खाग्रस्त बनेको मधेशमा केही दिनदेखि लगातार भारी वर्षा भएको छ।
सरकारले नै संकटग्रस्त घोषणा गरेको मधेशमा वर्षा भएपछि किसानलाई राहत भएको छ।
पछिल्लो २४ घण्टामा मधेशको एउटा केन्द्रमा धेरै भारी वर्षा मापन भएको छ भने विभिन्न ५ वटा केन्द्रमा भारी वर्षा मापन भएको छ। बाँकी तीन केन्द्रमा ठाउँमा पनि त्यसकै आसपास वर्षा भएको मापन गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा सिराहको सिराह हाइड्रो केन्द्रमा मापन भएको छ। उक्त केन्द्रमा धेरै भारी अर्थात १०१.६ मिलिमिटर वर्षा मापन भएको छ। २० घण्टामा १०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ।
सिराहकै लहान केन्द्रमा ७७.२, गोलबजारको केन्द्रमा ५२.८, मिलिमिटर वर्षा भएको छ। यस्तै, सप्तरी मरमझिया केन्द्रमा ९३, रुपनी बजार केन्द्रमा ८२, कल्यानपुरमा ४९.४, धनुषाको हर्दिनाथमा ४७, तुलसी केन्द्रमा ४७.८, महोत्तरीको गौशालामा ५८, सर्लाहीको परवानीपुरमा ४८.४ मिलिमिटर वर्षा भएको छ।
विभागका अनुसार गत २४ घण्टामा सबैभन्दा बढी उदयपुरको गाइघाटमा १३२ मिलिमिटर वर्षा मापन भएको। झापाको अनरमणि बिर्तामा १२५, दमक ११२. ८ मिलिमिटर वर्षा भएको छ।
शुक्रबार राति पनि मधेशमा भारी वर्षा भएको थियो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पनि मधेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।