काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले पदबाट राजीनामा दिने तयारी गरेका छन्।
पार्टी सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठमा बोलाएरै मार्ग प्रशस्त गर्न आग्रह गरेपछि राजीनामा दिने तयारी गरेका हुन्।
दलको नेतामा इन्द्र बानियाँसँग पराजित भएपनि लामाले मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान दिएका थिए। तर,काठमाडौं रहेका उनले एक/दुई दिनभित्रै हेटौंडा पुगेर पत्रकार सम्मेलन गरी राजीनामा दिने तयारी गरेको उनीनिकट सांसदले बताए।
लोकतान्त्रिक प्रक्रियाअनुसार संसदीय दल निर्वाचन भएको र नतिजासमेत आइसकेको अवस्थामा अब बागमती प्रदेशमा संसदीय दल नेता बानियाँ र लामा सरसल्लाहमै अघि बढ्ने लामानिकट सांसद तिर्थबहादुर लामाले बताए। ‘भोलि बिहान १०/११ बजेसम्ममा मुख्यमन्त्रीज्यूले हेटौंडामा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गर्नुहोला,’ लामाले भने।
लामाले राजीनामा दिएपछि बानियाँको नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।