• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

स्वास्थ्यमा व्यवसायिक प्रभाव: स्तनपान घट्दो कि घटाइँदो?

64x64
नेपाल लाइभ शुक्रबार, साउन १६, २०८२  १३:५०
1140x725

विश्व स्वास्थ्य संगठनका अनुसार शिशु जन्मेको एक घन्टाभित्र स्तनपान सुरु गरी, छ महिना सम्म आमाको दूध मात्र र दुई वर्षसम्म स्तनपानलाई अन्य पूरक आहार संग निरन्तरता दिनुपर्छ । विभिन्न अध्ययनहरुले पनि स्तनपान शिशुको वृद्धि र विकास तथा आमाको स्वास्थ्यको लागि अत्यन्त लाभदायक भएको पुष्टि गरिसकेका छन् । हरेक वर्ष अगस्टको पहिलो हप्ता विश्वभर स्तनपान सप्ताह मनाइन्छ जसको उद्धेश्य शिशुहरुको लागि चाहिने पोषणको रुपमा स्तानपानलाई प्रवर्धन, संरक्षण, र समर्थन गर्नु हो । यस वर्षको  नारा  “प्रायोटाइज ब्रेस्टफेडिङ: क्रिकयट सस्टनेबल सपोर्ट सिस्टम” रहेको छ, जसले स्तानापानलाई प्राथमिकता दिँदै यसको दिगो समर्थन प्रणाली निर्माण गर्नुपर्ने सन्देश दिन्छ । जनस्वास्थ्यको क्षेत्रमा स्वास्थ्य प्रवर्द्धन सम्बन्धी सबैभन्दा पहिलो सम्मेलन सन् १९८६ मा ओट्टावा, क्यानाडामा भएको थियो, जसको पाँच कार्यक्षेत्र मध्ये एक थियो “क्रियट सपोर्टिभ इन्भाइरोमेन्ट। स्तनपानको विषयमा उक्त सम्मेलनको लगभग चार दशकपछि सपोर्ट सिस्टमको बारे कुरा भएको छ र अब गरिने नीति निर्माण देखि लिएर कार्यक्रम कार्यान्वयन, सबै समय सान्दर्भिक हुनु आवश्यक छ। 

आजको समयमा व्यवसायिक गतिविधिहरुले जीवनको सबै पक्षमा प्रभाव पारिरहेका छन्, स्वास्थ्य क्षेत्र पनि यसको अपवाद होइन । यस्तो प्रभावलाई “कमर्सियल डिटरमिनान्ट अफ हेल्थ (सीडीओएच)” भनिन्छ । विश्व स्वास्थ्य संगठनले २०२३ मा दिएको व्याख्याका अनुसार ‘कमर्सियल डीटरमिनान्ट अफ हेल्थ’ भन्नाले कुनै पनि नीजि क्षेत्रको गतिविधि, जसले स्वास्थ्यमा राम्रो, नारामो, प्रत्यक्ष, अप्रत्यक्ष किसिमले प्रभाव पार्न सक्छन, तिनलाई बुझिन्छ । त्यसैगरी सन् २०२३ मा नै सीडीओएचका बारे प्रकाशित ल्यानसेट सिरिजका अनुसार स्वास्थ्य र समानतामा असर गर्ने प्रणाली, अभ्यास र मार्गहरु कमर्सियल डीटरमिनान्ट अफ हेल्थ हुन् । हामीले बिहान उठेर पिउने चियादेखि लिएर बिरामी हुँदा खाने औधधिसम्म सबै व्यवसायसँग गाँसिएका छन् । जसरी माथि स्तनपानको लागि सपोर्टटिभ वातावरणको कुरा भयो, यसमा पनि व्यापार, व्यवसाय, निजी क्षेत्र, नाफा केन्द्रित उध्ध्योग, विज्ञापन र बजार रणनीति आदि कुराहरुको ठूलो भूमिका रहन्छ । 

यद्यपी डब्लुएचओले जन्मेको एक घण्टा भित्र स्तनपान गराउन सुरु गर्नुपर्ने भनेर तोके तापनि ल्यानसेटमा २०२३ मा प्रकाशन भएको स्तनपान सम्बन्धि series का अनुसार विश्वभर एक तिहाइ शिशुहरूलाई आमाको दूधबाहेक अन्य खानेकुरा खुवाइन्छ र करिब आधा शिशुहरूलाई मात्र जन्मेको एक घण्टा भित्र आमाको स्तनमा राखिन्छ । नेपाल जानसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ का अनुसार जम्मा ५५% शिशुहरुलाई जन्मेको एक घन्टाभित्र आमाको स्तनमा राखिन्छ । त्यसै ल्यानसेट सिरिजले पनि फर्मुला दूधको बढ्दो बजारीकरण स्तनपानको चुनौतीका रुपमा रहेको, र त्यस्ता उध्ध्योगले वच्चाको आमाबुवा, नीति निर्माता, र विज्ञानलाई नै चुनौती दिईरहेको कुरा उल्लेख गरेको छ। 

सिजेरियन सेक्सनको संख्या पनि स्वास्थ्यमा व्यवसायिक प्रभावको संकेतक हो, जसको प्रभाव आमा र वच्चाको समग्र स्वास्थ्यका साथसाथै स्तानपानमा पनि छ । विश्व स्वास्थ्य संगठनले जम्मा डेलिभरीहरु मध्ये १५% हाराहारी सिजेरियन डेलिभरी हुनु स्वाभाविक बताएको छ । नेपाल जानसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण  २०२२ का अनुसार १८% जन्महरु सिजेरियन डेलिभरी हुने गरेका छन्, जसमा अस्पताल अनुसार हेर्ने भने निजी अस्पतालहरुमा लगभग आधा बच्चाहरु सिजेरियन सेक्सनबाट जन्मिने गरेका छन्। संसारमा गरिएका थुप्रै अध्ययनहरुले सिजेरियन सेक्सन बाट जन्मिएका वच्चाहरुलाई आमाको दूध बाहेक अन्य कुरा सेवन गराइने सम्भावना धेरै हुने देखाएको छ। जस्तै, सन् २०२३ मै प्रकाशित  Ulfa Yunefit et. al. ले गरेको एक अध्ययन अनुसार नर्मल डेलिभरी र सिजेरियन सेक्सन भएका जन्महरुमा स्तनपानको प्रारम्भमा भिन्नता देखिएको थियो । त्यस अध्ययन अनुसार नर्मल डेलिभरीको तुलनामा सिजेरियन सेक्सन भएका जन्महरुमा स्तनपानको प्रारम्भमा ढिलाई हुने सम्भावना अधिक हुने देखिएको थियो, जुन आमा र शिशु दुवैको स्वास्थ्यको लागि चुनौतिपूर्ण देखिन्छ। ( Ulfa, Yunefit et al., Heliyon, Volume 9, Issue 6, e16235) 

स्तनपानलाई समर्थन गर्न कार्यक्षेत्रको वातावरण पनि सहयोगी हुनुपर्छ तर सरकारी र निजी कार्यालयहरु समेत स्तनपान मैत्री छैनन् । यी समस्याहरु त छँदै छन्, आमाहरुले स्तनपान गराउन पर्ने पूरा समयपनि छुट्टी नपाउने भएपछी प्रयोग हुने भयो फेरी पनि त्यहि व्यवसायिक फर्मुला दुधको! कोही आमाहरुले ब्रेस्ट पम्पको प्रयोग गरेर बोत्तलमा स्टोर गरेर काममा जालान्, तर कस्तो बोत्तल किन्ने, कुन कम्पनीको पम्प किन्ने, यो सबमा फेरि मार्केट र विज्ञापनको भूमिका हुन्छ । Commercial Determinants of health को lancet सिरिज ले भने अनुसार कुनै संस्था, कम्पनि, वा उध्ध्योगले आफ्ना कर्मचारीहरुको व्यवस्था कुन किसिमले गर्छ भन्ने कुरा पनि व्यवसायिक अभ्यासमा पर्छ । एक कर्मचारीले कुनै पनि संस्थामा काम गर्दा संस्थाले नाफा गरिरहेको हुन्छ चाहे त्यो पुरुष होस्, महिला होस्, यौन अल्पसंख्यक होस्, वा स्तनपान गराइरहेकी महिला। यस अवस्थामा त अझ स्तनपानलाई प्रभाव परेपछि आमा र वच्चा दुवैको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । यो पनि व्यवसायिक निर्धारकको असर हो । यी सबैकुराहरु अन्तर्राष्ट्रिय स्तरको अध्ययनले देखाएका छन् । 

बच्चा छ महिना पुगेपछि पूरक आहारका साथै स्तनपानलाई नियमितता दिनपर्दा बच्चालाई खुवाउने धेरै थरिका खानेकुराहरुको विज्ञापनले आमाहरुलाई शिकार बनाउँछन्। हामीले बजारमा सामान्यतया देखिने मध्ये पर्छन् ल्याक्टोजेन, सेरेल्याक जस्ता कुराहरु। हुनत आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ ले प्याकेटमा त्यस वस्तुको बारेमा सहि विवरण र आमाको दूधको फाइदाको बारे उल्लेख गर्न अनिवार्य गराएको छ । यो सबै कुराहरुको पालना त गरिन्छ तर न त फन्ट कत्रो राख्ने भन्ने कुरामा ध्यान दिइएको छ, न त रंगमा ध्यान दिइएको छ। जस्तै, बजारमा पाइने चर्चित कम्पनिहरुले बेच्ने फर्मुला दूध वा फर्मुलाको बट्टा हेर्ने हो भने, बट्टामा लेख्नुपर्ने सन्देशभन्दा पोषण सम्बन्धि विवरण ठूला फन्ट र आकर्षक रङ्गमा लेख्ने गर्छन जसले ग्राहकको ध्यान त्यतैतिर आकर्षित गर्छन ।
 
यसका साथसाथै आजभोली बढ्दो सामाजिक संजालको प्रयोग र विज्ञापनहरुले पनि आमाहरुको रोजाइमा फरक पारेको छ। यी सबै कुराहरुले स्तनपान, स्तनपान गराउन चाहनु वा नचाहनु देखि लिएर complementary feeding सुरु गरेपछि के खुवाउने भन्ने रोजाइमा असर गरेको छ । 

स्तान्पानमा चुनौती सिर्जना गर्ने संरचनाहरु हाम्रै व्यवस्थाबाट आएका छन् । यस्ता चुनौतिहरु पार गर्न हामीले नारामा मात्र नभई संरचनागत परिवर्तन ल्याउन जरुरि छ । व्यवसायिक लाभका लागि गरिने गतिविधिहरु पुरै बन्द गर्नु सम्भव नहुन सक्छ तर स्वास्थ्य प्रणालीले अब तीनको प्रभावलाई बेवास्ता गर्न मिल्दैन । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेब्रेयससले पनि Commercial Determinants of Health मा जोड दिँदै भनेका छन् कि, अब को समय परिवर्तनको समय हो र यी व्यवसायिक निर्धारकहरुमा काम गरिएन भने जनस्वास्थ्यमा सुधार सम्भव छैन । हाम्रा नीतिहरुमा धेरै कमी कमजोरीहरु छन्, जसलाई समय सापेक्ष बनाउनु पर्नेछ, र यस वर्षको स्तनपान सप्ताहको नारा सफलता पूर्वक कार्यान्वयन गर्न प्रणालिहरुलाई स्तनपान मैत्री बनाउनुपर्छ र त्यसका लागि सर्वप्रथम व्यवसायिक निर्धारकहरुसँग लड्न सक्ने सशक्त नीतिगत ढाँचा तयार गर्नु आवश्यक छ। 

References

Ncell 2
Ncell 2
nimb
nimb

1.    World Health Organization. Breastfeeding [Internet]. 2023. Available from: https://www.who.int/health-topics/breastfeeding#tab=tab_1

2.    आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु ( बिक्री वितरण नियन्‍त्रण) ऐन, २०४९ | Nepal Law Commission [Internet]. Lawcommission.gov.np. 2025 [cited 2025 Jul 30]. Available from https://lawcommission.gov.np/content/12823/12823-mothers-milk-substitutes-con/

3.    Breastfeeding 2023. Thelancetcom [Internet]. 2023; Available from: https://www.thelancet.com/series-do/breastfeeding-2023 

4.    Commercial determinants of health. Thelancetcom [Internet]. 2023; Available from: https://www.thelancet.com/series-do/commercial-determinants-health

Xtrem

Xtrem

 5.    Ulfa Y, Maruyama N, Igarashi Y, Horiuchi S. Early initiation of breastfeeding up to six months among mothers after cesarean section or vaginal birth: A scoping review. Heliyon [Internet]. 2023 Jun 1;9(6):e16235. Available from: https://www.sciencedirect.com/science/article/pii/S240584402303442 

(कँडेल गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयमा कार्यरत छिन्)

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १३:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्