काठमाडौँ– गृह मन्त्रालयले सरुवा/पदस्थापन गरिएको कार्यालयमा निर्णय भएको एक महिनासम्म पनि नगएपछि खटाएको स्थानमा हाजिर हुन २४ घण्टे उर्दी जारी गरेको छ।
मन्त्रालयको कर्मचारी प्रशासन शाखाले बिहीबार वेभ पोर्टलमा सूची सार्वजनिक गर्दै १८ शाखा अधिकृत र ५ नायब सुब्बालाई २४ घण्टे उर्दी जारी गरेको हो।
‘यस मन्त्रालयको विभिन्न मितिको निर्णयानुसार सरूवा/पदस्थापन भई सम्बन्धित कार्यालयमा हाजिर हुन नगएका कर्मचारीहरूलाई २४ घण्टा भित्र खटाइएको स्थानमा हाजिर हुन जाने सम्बन्धी सूचना,’ सूचनामा उल्लेख छ।
गृह मन्त्रालयमा कार्यरत ती कर्मचारीहरू मध्ये १८ जना शाखा अधिकृत र बाँकी पाँच जना नायब सुब्बा छन्।
उनीहरूलाई अध्यागमन कार्यालय, जिल्ला प्रशासन, इलाका प्रशासन र कारागार प्रशासनमा पठाइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।