काठमाडौँ– पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले रुसी कम्युनिस्ट नेता स्टालिनकै शैलीमा एमाले अध्यक्ष केपी ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना आलोचक र विरोधी नेताहरूलाई राजनीतिक र साङ्गठनिक सफाया गर्दै आइरहेको आरोप लगाएका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालको फोटोसहित स्टाटस् लेख्दै भट्टराईले उक्त आरोप लगाएका हुन्।
१० वर्षे माओवादी जनयुद्धका मुख्य नेता समेत रहेका उनले पुरानै एकमनावादी, नोकरशाही केन्द्रीयतावादी कम्युनिस्ट पार्टीमा भावनात्मक ढंगले टाँसिएर बसिरहेका नेताहरूलाई समाजवाद निर्माण र मानव जातिको समग्र उन्न्ययनको नयाँ वैकल्पिक बाटोको खोजीका लागि साहस गर्न उत्प्रेरित गरेका छन्।
‘अहिले नेपालका ‘कम्युनिस्ट’ मठाधीशहरूले पनि आफ्ना आलोचक र विरोधी नेताहरूलाई पालैपालो स्टालिनकै शैलीमा भौतिक सफाया नगरे पनि राजनीतिक र साङ्गठनिक सफाया गर्ने बाटो समाउनु इतिहासको ठुलो विडम्बना नभए के होला त ?’, उनले प्रश्न उठाएका छन्,
एकमनावादी, नोकरशाही केन्द्रीयतावादी कम्युनिस्ट पार्टीमा भावनात्मक ढंगले टाँसिएर बसिरहेका र पार्टी सुप्रिमोले पहिले एउटा कमरेडलाई ठोक्दा ताली पिट्ने अनि पछि आफ्नै पालो आउँदा एक्लै आँसु झार्ने साथीहरूले इतिहासबाट पाठ सिकेर समाजवाद निर्माण र मानव जातिको समग्र उन्नयनको नयाँ वैकल्पिक बाटो खोजी र निर्माण गर्ने साहस गर्ने कि ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।