काठमाडौं– गैर आवासीय नेपाली संघ (एनआरएन)को आठौं सम्मेलन सुरु भएको छ। शनिबार राजधानीको हायात होटलमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको उद्घाटन गरेकी हुन्।
सम्मेलन सोमबारसम्म सञ्चालन हुने छ।
१४ वर्षअघि गैरआवासीय नेपाली संघको अभियान सुरु भएको थियो। सम्मेलनमा भाग लिन विश्वभर छरिएर रहेका एनआरएनका प्रतिनिधिहरु काठमाडौंमा छन्। एनआरएनको ७७ राष्ट्रमा संगठन विस्तार भइसकेको छ।
सम्मेलनमा कुल १३ पदहरुमा ३९ जनाका लागि निर्वाचन हुने छ। उम्मेदवारीको लागि आइतबार दिउँसो ३ बजेदेखि सोमबार बिहान ८:३० बजेसम्मको समय तोकिएको छ। १२ बजे अन्तिम नामावली प्रकाशन हुने छ।
कार्यतालिका अनुसार सोमबार दिउँसो १ बजेदेखि ६ बजेसम्म निर्वाचन हुने छ। निर्वाचनमा झण्डै २ हजारले भाग लिनेछन्।
यसपटक अध्यक्षमा हालसम्म तीन जनाको उम्मेदवारी परेको छ। जमुना गुरुङ, टिबी कार्की र भवन भट्ट प्रतिस्पर्धामा छन्।
गुरुङ निवर्तमान अध्यक्ष शेष घलेकी श्रीमति हुन्। उनी घलेसँगै निरन्तर प्रत्येक्ष र अप्रत्यक्ष रुपमा एनआरएनको अभियानमा जोडिएकी छिन्। त्यस्तै, कार्कीले सातौं अधिवेशनमा घलेसँग प्रतिस्पर्धा गरेका थिए। भट्ट निवर्तमान उपाध्यक्ष हुन्
यसपटकदेखि महिला उपाध्यक्षको पनि व्यवस्था हुने छ। महिला उपाध्यक्षमा हालसम्म रञ्जु थापा र सपिला राजभण्डारी प्रतिस्पर्धामा देखिएका छन्।
निम्न पद र संख्याका लागि निर्वाचन हुने छः
१. अध्यक्ष– १ जना
२. उपाध्यक्ष
३. महिला उपाध्यक्ष– २/१ जना
४. महासचिव– १ जना
५. सचिव– २ जना
६. कोषाध्यक्ष– १ जना
७. सहकोषाध्यक्ष– १ जना
८. महिला संयोजक– १ जना
९. युवा संयोजक– १ जना
१०. क्षेत्रीय संयोजक– ६ जना (प्रत्येक क्षेत्रबाट १/१ जना)
११. क्षेत्रीय उपसंयोजक– १० जना
युरोप– २ जना
एसिया प्रशान्त– २ जना
अफ्रिका– २ जना
मध्यपूर्व– २ जना
उत्तर दक्षिण अमेरिका– १ जना
ओसेनिया– १ जना
१२. महिला उप–संयोजक– ६ जना(प्रत्येक क्षेत्रबाट १/१ जना)
१३. युवा उप–संयोजक– ६ जना(प्रत्येक क्षेत्रबाट १/१ जना)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।