काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा) औपचारिक रूपमा विभाजित भएको छ ।
रञ्जिता श्रेष्ठविरोधी पक्षको राष्ट्रिय भेलाबाट श्रेष्ठलाई हटाउँदै रञ्जिताका पतिसमेत रहेका संरक्षक रेशम लाल चौधरीका बुबा लालवीरलाई अध्यक्ष बनाएको हो ।
हिजोमात्र रञ्जितालाई साधारण सदस्यसमेत नरहने गरी पार्टी अध्यक्षबाट हटाइएको थियो । अध्यक्ष तोकिएपछि चौधरीले विधि र पद्धतीअनुसार नै पार्टीलाई निकास दिनको लागि यो निर्णयमा पुगेको बताए।
उनले पार्टी कमिटीको सुझाव सल्लाहको आधारमा अघि बढ्ने प्रतिबद्धता जनाए। चौधरीले डेढ वर्षदेखि पार्टीको बैठक नराखेको बताए।
उनले भने, ‘उहाँलाई हामीले टाढा राखेका छैनौं। अहिले पनि भनेको थियौं यहाँ आएर आफ्नो कुरा राख्नुस् भनेर, उहाँलाई पार्टीले धेरै पर राखेका छैन। एउटा निकासको लागि मात्रै अघि बढेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।