जनकपुरधाम– सर्लाहीमा दुई तल्ले घर भत्किँदा च्यापिएर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका कामद टोलका गौतम माझीका छोरा ६ वर्षीय अरुण माझी छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आज अपराहन्न साढे ४ बजेतिर बालक आँगनमा खेलिरहेका बेला पुरानो दुई तल्ले पक्कीघर भत्किएको हो ।
बालकको च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।