काठमाडौं– मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झाविरुद्ध बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।
९ दिन अघि साउन ४ मा पक्राउ परेका झालाई प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
अहिराजले परिवर्तिन नाम २६ परिसर (३२) ०८२–०८३ लाई बलात्कार गरेको जाहेरीका आधारमा अहिराज विरुद्ध मुद्दा दायर गरेको हो । आफूलाई २०८१ जेठ ४ मा काठमाडौंको नयाँ बानेश्वरस्थित कोठामा अहिराजले बलात्कार गरेको आरोप छ। डेरा कोठामा एक्लै बसेका बेला पूर्व चिनजानका अहिराजले आएर बलात्कार गरेको पीडितको बयान छ।
उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ दफा २१९ को उपदफा २ को कसुर गरेको भन्दै खण्ड (ङ) बमोजिम ७ वर्षदेखि १० वर्षसम्मको सजाय मागदाबी गरिएको छ।
साथै दफा २१९ कै उपदफा (३क) को खण्ड ग बमोजिम प्रतिवादी अहिराजसँग ३ लाख रुपैयाँ जरिवानाको माग दाबस् गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।