काठमाडौं– सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्री चढ्ने गाडी एक आपसमा ठोक्किएका छन्।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागी चिसापानी जाने क्रममा दिउँसो करिब सवा १ बजे दुई मन्त्रीको गाडी ठोकिएको प्रहरीले जनाएको छ ।
कार्की चढेको से.१ झ ३३० र पाल चढ्ने बा.२ झ १४१९ नम्बरको गाडी एकापसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी राज कुमार सिंहले जानकारी दिए।
ठक्करबाट बा.२ झ १४१९ नम्बरको गाडीको पछाडिको भागमा क्षति पुगेको छ। यस्तै से.१ झ ३३० नम्बरको गाडीको अगाडिपट्टिको भागमा क्षति पुगेको छ।
कैलाली जानकी गाउँपालिका-९ मा निर्मित कटासे हाइड्रोपावरको उद्घाटन गर्न प्रधानमन्त्री आउँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।