काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण सेवामूलकका साथै व्यवसायीक संस्था भएकाले विधुत बिक्रिबाट संस्था सञ्चालन हुने स्पष्ट पारेका छन्।
प्राधिकरण सरकारको अनुदानबाट नचल्ने भएकाले सेवा सुविधा बढाउनका लागि दवाव दिनु उचित नभएको उनको भनाइ छ।
मंगलबार जनकपुरधामस्थित प्रादेशिक वितरण केन्द्रमा मधेश प्रदेशका सवै वितरण प्रमुखसंग छलफल गर्दै कार्यकारी निर्देशक शाक्यले यस्तो भनेका हुन्।
त्यस्तै शाक्यले सुख्खा संकटग्रस्त मधेश प्रदेशमा डिप बोरिङ जडान हुने स्थानमा स्थानीय तह र मातहतका निकायहरुसंग समन्वय गर्दै विधुतको तार, पोल, मिटर जडान लगाएतका काम ५ देखि १० दिन भित्र गरिसक्न निर्देशन दिएका छन्।
सिँचाईका लागि सहज गर्न थ्रीफेज लाइन जडान गर्नुपर्ने भन्दै उहाले प्रक्रियामा बिषयमा नअल्झिकन छिटो सेवा दिन समेत निर्देश गरे।
शाक्यले प्राधिकरणको घाटा बढ्दै गए संस्था नोक्सानमा जान धेरै समय नलाग्ने भएकाले यसबारेमा सवैलाई बुझाउन जरुरी रहेको बताए। सेवा भनेर निशुल्क विधुत बाड्न नसकिने उनले स्पष्ट पारे। उनले सिँचाई र खानेपानीका लागि सस्तोमा विधुत उपलव्ध गराउने प्रतिवद्धता जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।