काठमाडौं– राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै छ। आजै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत सो दलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो।
_x000D_
_x000D_
'समग्रमा भन्नुपर्दा यहाँको 'समृद्ध नेपाल, सुखी नेपाली' को नारा नारामा मात्रै सिमित रहन पुगेको छ', प्रमुख जिल्ला अधिकारी मार्फत बुझाएको पत्रमा उल्लेख छ। केन्द्रमा पनि एउटै व्यहोराको पत्र बुझाइने छ।
_x000D_
_x000D_
प्रधानमन्त्रीसँग ६ बजे बालुवाटारमा भेटवार्ताको समय तोकिएको राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले जानकारी दिए।
_x000D_
_x000D_
राजपाका केही नेताहरु काठमाडौं बाहिर रहेकाले अध्यक्ष मण्डलका सबै नेताहरु उपस्थित भने हुने छैनन्। शरतसिंह भण्डारी तथा राजेन्द्र महतो बाहिर छन्।
_x000D_
_x000D_
संविधान संशोधन गर्ने सार्वजनिक प्रतिबद्धता जनाएकाले सरकारलाई समर्थन गरेको तर त्यसका लागि कुनै पहल नगरेको, बहुमतको सरकार भए पनि सबै क्षेत्रमा असफल भएको, राजपाका सांसद रेशम चौधरीलाई सपथ ग्रहण नगराएको, कालोबजारीलाई नियन्त्रण गर्न नसकेको, बलात्कारीलाई समात्न नसकेको, प्रदेश सरकारलाई सामर्थ्यवान बनाउन अपेक्षाकृत सहयोग नगरेकोको आरोप राजपाको छ।
_x000D_
_x000D_
'यदि दुई तिहाइ बहुमतको सरकारले सांसद रेशम चौधरीको सपथ, आन्दोलनकारी माथिको झुठा मुद्दा फिर्ता बन्दीहरुको रिहाइ गरी पार्टीले उठाउँदै आएका राजनीति र जनताको जनजीवनसँग जोडिएका मुद्दाहरुका साथै संविधान संशोधनको कुरालाई गम्भीरतापूर्वक लिँदैन र तत्काल संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउँदैन भने राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिन बाध्य हुनेछ', प्रधानमन्त्रीलाई बुझाउने ज्ञापनपत्रमा भनिएको छ, 'र, एक पटक फेरि यो देश संघर्ष र आन्दोलनको बाटोमा धकेलिन बाध्य हुनेछ, जसले सम्पूर्ण जिम्मेवारी यहाँ नेतृत्वको सरकारको नै हुनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।