काठमाडौं– अविरल वर्षपछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ८ स्थानमा सडक पूर्ण रूपमा अवरोध रहेको छ।
प्रहरीका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको छ। त्यस्तै, रसुवामा नेपाल र चीन नाका जोड्ने पुल तथा सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पूर्ण रूपमा अवरोध रहेको छ।
उता, लम्जुङमा बेसिसहर–मनाङ सडक खण्ड पहिरोका कारण अवरुद्ध छ। गुल्मीको रुद्रवेणी वामी सडक खण्ड र रिडी–वामी सडक खण्ड पूर्णरुपमा अवरुद्ध छ।
यसैगरी, रुकुम पश्चिमको जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड बाढीका कारण अवरुद्ध छ भने बैतडीको दशरथ चन्द राजमार्ग अवरुद्ध रहेको प्रहरीले जानकारी दिएको छ।
हेर्नुहोस् सूची:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।