काठमाडौं– सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर–६ बाट हराएका १६ जनाको परिवार खोज्न रामेछापमा पनि प्रहरी परिचालन गरिएको छ । शुक्रबारदेखि स्थानीय हायु परिवारका १६ जना सम्पर्कविहीन भएका हुन् ।
रामेछापका प्रहरी नायब निरीक्षक भोला भट्टका अनुसार उनीहरु रामेछापतर्फ गएको आशङ्कामा रामेछाप नगरपालिकास्थित हायु बस्तीमा प्रहरी परिचालन गरिएको हो ।
बिहीबार (८ साउन) मा साउन ८ मा बिहीबार स्थानीय निकायले लोपोन्मुख हायु समुदायले पाउने भत्ता बापतको रकम वितरण गरेको थियो । उर्मिला हायु र उनका ६ छोरा, ६ छोरीसहित १६ जनाले ४ हजारको दरले ३ महिनाको भत्ता रकम बुझेका थिए । भत्ता बुझेपछि उनीहरूले घरमै सुँगुरको मासु खाएको सिन्धुलीका एसपी लालध्वज सुवेदीले रातोपाटीलाई बताए ।
गोलन्जोर क्षेत्रमा विपद्को घटना पनि नभएको र उनीहरू समूहमा नै हिँडेको आकलन गरिएको छ । सम्पर्कविहीन हुनेहरूको मोबाइलको लोकेसन रामेछापको टावरमा देखिएको छ । तर, गोलन्जोर भन्दा पारिपट्टि पर्ने सो टावरले गोलन्जोरमा पनि फोन सम्पर्क हुने खोजमा संलग्न अधिकृतहरू बताउँछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।