काठमाडौं- फिल्म ‘बादशाह जुट’को ‘काफल पाक्यो...’ बोलको गीत सार्वजनिक भएको छ। आउँदो पुष १३ गते प्रदर्शन मिति तय गरिएको फिल्मको गीत सोमबार राजाधानीमा पत्रकार सम्मेलनका साथ सार्वजनिक गरिएको हो।
_x000D_
_x000D_
राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको गीतमा डिपी खनालको शब्द तथा कृष्ण भारद्वाजको संंगीत छ। गीतमा फिल्मका कलाकारहरु सुशील श्रेष्ठ, प्रियंका कार्की र आमिर गौतमको अभिनय रहेको छ।
_x000D_
_x000D_
जोनी सिंह राणाको निर्देशनमा तयार फिल्ममा अभिनेत्री प्रियंका कार्की विशेष भूमिकामा अतिथि कलाकारका रुपमा रहने छिन्। रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावतलगायतको समेत अभिनय रहेको फिल्ममा विक्रम स्वाँरको कोरियोग्राफी तथा उत्तम हुमागाईं छयांकन रहेको छ।
_x000D_
_x000D_
एच एन्ड बि फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एन्ड इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्वाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत छ भने दीर्घ खड्काको सम्पादन छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।