काठमाडौं – सिन्धुली जिल्लाको गोलन्जर गाउँपालिका वडा नम्बर ६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६जना सदस्य रहस्यमय रूपमा बेपत्ता भएका छन्।
गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएको भन्ने सूचना स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गरेका थिए। उक्त सूचनापछि प्रहरीले खोजतलास सुरु गरेको छ।
वडाध्यक्ष रविन श्रेष्ठका अनुसार सीमान्तकृत समुदायको सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका परिवारका सदस्य सम्पर्कविहीन भएका हुन्।
हायुको घरमा आगो लागेर सामान्य क्षति भएको देखिन्छ भने घर पालुवा जनावर अलपत्र अवस्थामा छन्।
उनले भने, ‘घटनाबारे सूचना पाउने बित्तिकै प्रहरीको टोली हायुको घरमा पुगिसकेको छ। हायुको घरमा सामान्य क्षति देखिएको छ। हायु परिवारले पालेको कुखुरा, बाख्रा, भैंसी अलपत्र अवस्थामा रहेको पाइएको छ। तर हायुको परिवारका कोही सदस्य पनि घरमा छैनन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।