काठमाडौं– न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेललाई नियुक्त गरेको छ।
सोमबार बिहान बसेको आयोगको बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार पौडेललाई मुख्यरजिष्ट्रार बनाएको हो।
५८ वर्षे उमेरहदका कारण देवेन्द्रराज ढकाल गत आइतबारदेखि अवकाशमा गएपछि मुख्य रजिष्ट्रार पद रिक्त थियो।
२०७४ साल असारबाट सर्वोच्च अदालतमा मुख्यसचिव सरह मुख्य रजिष्ट्रार राख्ने अभ्यास छ।
न्याय परिषद्ले उनको ठाउँमा पौडेललाई सिफारिस गरेको हो। पौडेल अहिले सर्वोच्चमा रजिस्ट्रार छन्।
न्याय परिषदले मानबहादुर कार्कीलाई रजिस्ट्रार सिफारिस गरेको प्रवक्ता क्षेत्रीले जानकारी दिए।
यस्तो छ न्यायपरिषद्को निर्णयः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।