विराटनगर– रसुवाको तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दाजुभाइ मृत फेला परेका छन्।
गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार विराटनगर महानगरपालिका-३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने बेपत्ता भएका थिए।
सोमबार बिहान १० बजे मृत अवस्थामा उनीहरू फेला परेको प्रहरीले जनाएको छ।
मृत भेटिएका दाजुभाइको शव काठमाडौं ल्याउने प्रयास भइरहेको छ।
उनीहरू काठमाडौंबाट साथीभाइसँग १० साउनमा गोसाइँकुण्ड गएका थिए।
एक जना चिप्लिएपछि अर्का उद्धार गर्न खोज्दा दुवै जना बेपत्ता भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।