काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत प्रा.डा. कपिलमान श्रेष्ठलाई गणतन्त्र केन्या र गणतन्त्र जिम्बाब्वेका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन्।
राष्ट्रपतिको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा श्रेष्ठलाई नियुक्त गरेका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।