काठमाडौं– बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले नेपालका अधिकांश स्थानमा वर्षा गराइरहेको मौसमविदले बताएका छन्।
पछिल्लो १२ घण्टामा कोशीदेखि सुदूरपश्चिमसम्मै वर्षा भएको छ। तुलनात्मक रुपमा मधेश र सुदूरपश्चिम प्रदेशमा भने कम वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। तर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुले वर्षा गराइरहेको छ। पछिल्लो १२ घण्टामा मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका धेरै स्थानमा पानी परिरहेको छ।
ल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपाल्चोकको नुर्पु गाउँमा पछिल्लो १२ घन्टामा १२३.४ मिलिमिटर वर्षा मापन भएको छ।
त्यस्तै भोटाङमा ६४.८ मिलिमिटर, मेलम्चीमा ५५.६ मिलिमिटर, तार्के घ्याङमा ५८.४ मिलिमिटर, ढुंगमेमा ५०.८ मिलिमिटर, बोल्डेमा ४९ मिलिमिटर वर्षा भएको छ।
काठमाडौं उपत्यका लगायत देशका अधिकांश स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ।
महाशाखाका अनुसार काठमाडौंको पानीपोखरीमा पछिल्लो १२ घन्टामा ६५ मिलिमिटर वर्षा भएको छ। कपनमा ३६ मिलिमिटर, सुन्दरीजलमा ३० मिलिमिटर वर्षा भएको छ।
नुवकोटको ककनीमा ६२.२ मिलिमिटर वर्षा भएको छ। नुवाकोटकै पानसय खोलामा ८५.८ मिलिमिटर वर्षा भएको छ।
त्यस्तै इलामको हिमाली गाउँमा ६४ मिलिमिटर, कन्याममा ५८ मिलिमिटर, माइपोखरीमा ५० मिलिमिटर, जितपुरमा ४३.६ मिलिमिटर वर्षा भएको छ।
ण्डकी प्रदेका विभिन्न भूभागमा पनि पछिल्लो १२ घन्टामा मध्यमदेखि भारी वर्षा भएको छ।
लमजुङको घरेढुंगामा ६३.२ मिलिमिटर वर्षा भएको छ। कास्कीको लामापाटनमा ५१.४ मिलिमिटर वर्षा पछिल्लो १२ घन्टामा भएको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा पनि वर्षा भएको छ।
वर्षा नहुँदा मधेसमा पानीको हाहाकार छ। मधेस प्रदेशका ८ जिल्लालाई सरकारले संकटग्रस्त घोषणा गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।