काठमाडौं– नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ को मंसिरसम्म भइसक्ने बताएका छन्।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यसबारे जानकारी गराएका हुन्।
उनले ४ वर्षे कार्यकाल आगामी मंसिरमा सकिने र एक वर्ष थप्न सकिने प्रावधानअनुसार अघि बढ्ने देखिएको बताए।
उनले नेपाली कांग्रेसको महाधिवेशन पाँच वर्षमै हुने गरेको बताए। अहिले क्रियाशील सदस्यता टुंगि नसकेको भन्दै सदस्यता नै टुंगो नलागिसकेको अवस्थामा महाधिवेशन हुन सम्भव नरहेको बताए।
नेता सिटौलाले ०८३ सालको मंसिर भन्दा पछि महाधिवेशन लैजान नहुने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।