काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णीम वाग्लेले भ्रष्टहरुको फाइल जोगाउनका लागि ठूला दल मिलेर सरकार बनाउने प्रयोग नेपालमा भएको बताए ।
शनिबार काठमाडौंमा रास्वपा उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै वाग्लेले ठूला क्रान्तिपछि देशलाई स्थीर बनाउन ठूला दल मिलेर सरकार बनाउने प्रयोग, अहिले दुई–चार भ्रष्टहरुको फाइल जोगाउन नेपालमा समेत त्यस्तो दुर्लभ प्रयोग भएको बताएका हुन् ।
उहाले वर्तमान सरकार बनाउन संविधान संशोधनलाई बहाना मात्रै बनाएर सफेद झुट बोलेको जिकिर गरे । समृद्धि र सुशासनको नारा दिएको सरकारका मन्त्रीहरु नै भ्रष्टाचारमा डुव्नु लज्जास्पद अवस्था भएको उनको भनाइ छ ।
वाग्लेले वर्तमान सरकारले रवि लामिछानेलाई थुन्नु नै ठूलो काम ठानेको भन्दै अव छिट्टै ठूला दलले त्यसको नजिता भोग्ने चेतावनी दिए ।
उनले २८ लाख नेपालीले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।