जनकपुरधाम– सिरहामा प्रहरीले गोली प्रहार गरी एक भारतीयलाई लागूऔषध खैरोहिरोइन सहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत मधुवनी ग्राम पञ्यायत बिरपुर ९ बस्ने ३८ वर्षीय श्यामसुन्दर पासवान छन्। उनको साथबाट प्रहरीले अन्दाजी ५० ग्राम खैरोहिरोइन बरामद गरेको छ।
शनिबार दिउँसो पौने ४ बजेतिर मोटरसाइकलमा हिँडिरहेका उनलाई प्रहरीले रोक्न खोज्दा उनी भाग्न खोजेका थिए। त्यसक्रममा एक राउन्ड गोली फायर गरेर उनलाई नियन्त्रणमा लिइएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बताए।
तर, गोली भने उनलाई कतै नलागेको र उनलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान गरिरहेको डीएसपी पासवानले जानकारी दिए।
पक्राउ परेका भारतीय नागरिकमाथि आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।