काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले भावनाले मात्रै कम्युनिष्टहरुको एकता हुन नसक्ने बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले कम्युनिस्टहरू एकताबद्ध हुनु राम्रो कुरा भएको पनि बताए। सही विचार नभइकन एकताबद्ध गर्न नसकिने उनको भनाइ छ। सही विचार भनेको अहिलेको अवस्था नेपाल कुन ठाउँमा आइपुग्यो भन्ने मूल्याङ्कन गर्नु रहेको उनले बताए।
नेपाल अहिले जनवादी क्रान्तिको कालखण्ड पार गरेर समाजवादी क्रान्ति र रूपान्तरणको युगमा आइपुगेको समेत उनले बताए। कम्युनिष्टहरुको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद भएको उनले बताए।
खनालले भने, ‘कम्युनिस्टहरू एकताबद्ध हुनुपर्छ यो असाध्यै राम्रो कुरा हो। तर भावनाले मात्रै एकता पक्कै हुँदैन। सही विचार नभइकन एकताबद्ध गर्न सकिँदैन। सही विचार भनेको यो अहिलेको अवस्था नेपाल कुन ठाउँमा आइपुग्यो भन्दा जनवादी क्रान्तिको कालखण्ड पार गरेर हामी समाजवादी क्रान्ति र रूपान्तरणको युगमा आइपुग्यौँ। यो कुरा सबै कम्युनिष्टहरुले मान्न सक्नुपर्छ। हाम्रो मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद हो। मार्क्सवाद, लेनिनवादका सामु फेरि यसको देब्रेतिर एउटा पुच्छर, दाहिनेतिर अर्को पुच्छर यो जोडिरहनुपर्ने केही पनि जरुरी छ। मार्क्सवाद, लेनिनवाद नै सार्वभौम सिद्धान्त हो।’
सम्मानित नेता खनालले बहुदलीय जनवाद भनेको समाजवाद नभएको र पुँजीवादी जनवादीबाट समाजवाद ल्याउन नसकिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।