झापा– प्रहरीले झापामा लागूऔषध कारोबारीलाई समात्न गोली चलाएको छ।
जिल्ला प्रहरी कार्यालय, झापा र लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौंको टोलीले गोली चलाएर एकजना लागूऔषध कारोबारीलाई समातेको हो।
ब्यूरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाका अनुसार, लागूऔषध कारोबारी नेपालतर्फ प्रवेश गर्दै गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ५ को भित्री सडकमा शंकास्पद अवस्थामा हिँडिरहेका ३६ वर्षीय मोहम्मदर इस्लामलाई फेला पारेको थियो।
कोइरालाले गोली चलाएर आरोपीलाई पक्राउ गरिएको पुष्टि गरे। उनका अनुसार भद्रपुरमा कारोबारीलाई नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो।
घटनामा इस्लामको घुँडामुनि गोली लागेको कोइरालाको भनाइ छ। उनको नजिकै रहेको प्रादेशिक अस्पताल, भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, इस्लामको साथबाट खैरो हेरोइन अन्दाजी १२० ग्राम फेला परेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।