काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले भ्रष्टहरूको फाइल जोगाउनका लागि ठुला दल मिलेर सरकार बनाउने प्रयोग नेपालमा हुने गरेको बताएका छन्।
शनिबार काठमाडौँमा रास्वपा रामेछाप उमाकुण्ड–काठमाडौँ सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै वाग्लेले ठुला क्रान्तिपछि देशलाई स्थिर बनाउन ठुला दल मिलेर सरकार बनाउने प्रयोग, अहिले दुई–चार भ्रष्टहरूको फाइल जोगाउन नेपालमा समेत त्यस्तो दुर्लभ प्रयोग भएको बताएका हुन्।
उनले वर्तमान सरकार बनाउन संविधान संशोधनलाई बहाना मात्रै बनाएर सफेद झुट बोलेको जिकिर गरे। समृद्धि र सुशासनको नारा दिएको सरकारका मन्त्रीहरू नै भ्रष्टाचारमा डुब्नु लज्जास्पद अवस्था भएको उनको भनाइ छ। वाग्लेले वर्तमान सरकारले रवि लामिछानेलाई थुन्नु नै ठुलो काम ठानेको भन्दै अव छिटै ठुला दलले त्यसको नजिता भोग्ने चेतावनी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।