धनगढी — नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय समिति बैठक बोलाउन बहुमत केन्द्रीय सदस्यले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई २४ घण्टे अल्टिमेटम दिएका छन् ।
शुक्रबार नाउपाका केन्द्रीय कमिटीका १२ जना सदस्यहरुले विधानको दफा ४१ को उपदफा ६ अनुसार पार्टी अध्यक्ष श्रेष्ठ चौधरीलाई केन्द्रीय समितिको बैठक बोलाउन अल्टिमेटम दिएको उल्लेख गरेका छन् । नागरिक उन्मुक्तिमा रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष छिन् भने अन्य २० जना केन्द्रीय सदस्य छन् ।
बैठक बोलाउन माग गर्दै अल्टिमेटम दिने निर्णयमा केन्द्रीय सदस्यहरु पुन्नबहादुर बुढा, विपतराम डगौरा, आलोक चौधरी, गंगाराम चौधरी डगौरा, ओसिनकुमारी चौधरी, उर्मिला चौधरी, लालविर चौधरी, लक्ष्यबहादुर चौधरी, बलवीर थारु, विना थारु र रामलाल डगौरा थारुले हस्ताक्षर गरेका छन् ।
पटकपटक आग्रह गर्दा पनि बैठक नबोलाएको भन्दै उनीहरुले २४ घण्टाभित्र बैठक नबोलाएमा साउन ११ गते आइतबार पार्टी केन्द्रीय समितिको बैठक गरेर आवश्यक निर्णय गर्ने चेतावनी पनि अध्यक्ष श्रेष्ठ चौधरीलाई दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।