चितवन– आफ्नै मुख्यमन्त्रीसँग असन्तुष्ट भएर दलको नेता फेर्न बागमतीमा बहुसंख्यक कांग्रेस सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
बागमती प्रदेशमा नेपाली कांग्रेसका ३७ सांसद छन् । तीमध्ये २१ जनाले राजीनामा माग गर्दै कांग्रेस संसदीय दलको नेताबाट बहादुर सिंह लामालाई हटाएर इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउन माग गरेका छन् ।
अविश्वाशको प्रस्तावमा लामाले बजेट प्रभावकारी कार्यान्वयन गर्न नसकेको, राजश्व संकलन र खर्चको अवस्था नाजुक रहेको, प्रदेशका जनताले महसुस हुने गरीको सेवा नपाएकोलगायतका आरोप लगाइएको छ ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।