काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका कम्युनिष्टहरूले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेको बताएका छन्।
शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नाममा नेपाल कम्युनिष्ट पार्टी भए पनि तल व्यवहारतः सबै पार्टीहरूले डेमोक्रेटिक सोसलिस्ट पार्टीका रुपमा काम गरिरहेको बताएका हुन्।
उनले आज संविधान सबैका लागि स्वीकार्य भएको र संशोधन आवश्यकताअनुसार गर्नुपर्ने बताए।राष्ट्रियसभाको अध्यक्ष उपराष्ट्रपतिलाई राख्नुपर्ने बारेमा छलफल भइरहेको समेत उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।