काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पार्टी त्यागेर राष्ट्रपति नबनेको भन्दै पुन: पार्टीकै जिम्मेवारी लिएर सदस्यता नवीकरण गरेको स्पष्टीकरण दिएकी छिन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताइन्।
उनले कसैलाई लागेकै भरमा आफ्नो सदस्यता खान नसक्ने प्रतिक्रिया दिइन्।
‘अहिले कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता कसैले खान सक्छ जस्तो लाग्दैन,’ भण्डारीले भनेकी छिन्।
उनले सफलतापूर्वक राष्ट्रपतिको कार्यकाल पुरा गरेपछि बाँकी जीवन कुनै सङ्गठनमा लाग्दा नै उपयुक्त हुन्छ भनेर ४५ वर्षदेखि आफू अबद्ध एमालेको सदस्यता नवीकरण गरेको समेत बताइन्।
‘हुलहुज्जत र उत्तेजनामा आएर मेरो सदस्यता खारेज गर्न मिल्दैन। पार्टी प्रणालीमा चल्छ। कसलाई के गर्न मन लाग्छ त्यो अलग विषय हो’, भण्डारीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।