काठमाडौं–कुलिङ अफ पिरियडको प्रावधानका सम्बन्धमा गडबडी भएको भन्ने सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थपिने भएको छ।
म्याद थप सम्बन्धी प्रस्ताव आजको प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गरिँदैछ।
प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले समितिको म्याद सात दिन थप्नका लागि प्रस्ताव गर्नेछन्। आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा म्याद थप गर्ने प्रस्ताव राखिएको छ।
समितिलाई छानबिन गरी प्रतिबेदन बुझाउन २१ दिनको समय दिइएको थियो। त्यो समय साउन ११ गते आइतबार सकिँदैछ।समितिले थप समय मागेकाले ७ दिन म्याद थप गर्न लागिएको सभामुखको सचिवालयले जानकारी दिएको छ।
यसबारे समितिमा हंगामा मच्चिएपछि समिति सभापतिले नै सभामुख घिमिरेलाई छानबिनका लागि आग्रह गरेपछि कांग्रेस सांसद जीवन परियारको सभापतित्वमा समिति बनाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।