सल्यान– सल्यानमा बिहीबार दिउँसो भएको गाडी दुर्घटनामा गम्भीर घाइते एकजनाको गए राति मृत्यु भएको छ । कुमाख गाउँपालिका-४ का ७३ वर्षीय कलिभान रानाको मृत्यु भएको हो ।
उनको बाँके कोहलपुरस्थित मेडिकल कलेजमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले बताए ।
नेपालगन्जबाट सल्यानको रागेचौर हुँदै रुकुम पश्चिम चौरजहारी जाँदै गरेको भे १ ख ३९९४ नम्बरको फोर्स गाडी कुमाख-२ बराईज्युला नजिकै दुर्घटना हुँदा १५ जना घाइते भएका थिए ।
घाइतेमध्ये १३ जनाको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको खत्रीले जानकारी गराए । उनका अनुसार गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । गाडीमा १५ जना सवार थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।