काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विपत् संकटग्रस्त क्षेत्र घोषणा भएका मधेशका क्षेत्रका जनतालाई आवश्यक राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष यादवले विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेरमात्रै मधेशका किसानको समस्या समाधान नहुने भएकाले आवश्यक राहत दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले विधुतीय सिँचाइ प्रणाली, खानेपानीको व्यवस्थाका साथै संकटग्रस्त क्षेत्रमा २४ सै घण्टा विद्युत् आपूर्ति गर्नुपर्नेमा जोड दिए । त्यस्तै यादवले किसानहरुले लिएको ऋणमा छुटको व्यवस्था र आगामी उत्पादनका समयमा अनुदानका साथै किसानहरुलाई विशेष सहयोग गर्नुपर्ने बताए ।
उनले जलवायु परिवर्तनको बहस गर्ने सरकारले वन फडानीका साथै वन फडानी गर्दै भूमाफियालाई जग्गा प्रदान गर्ने गरि कानून ल्याउन लागेको भन्दै आपत्ति जनाए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।