काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले देशको अवस्था राम्रो नरहेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘…मगर भाषामा एउटा भनाइ छ– इलाङ भरस्टा, आलाङ भ्ररस्टा। अर्थात, यता पनि बर्बाद, उता पनि बर्बाद।’
राज्य सञ्चालनको नेतृत्वमा रहेकाहरू देशको अवस्थाप्रति ज्यादा गम्भीर बन्नुपर्ने उनको आग्रह छ। तर, सकारात्मक व्यवहार पाउन नसकेको उनको टिप्पणी छ।
‘हुँदा–हुँदा माझ किरातकी छोरी र झापाली साक्षात् शिव चाम्लिङका छोराको मल्ल युद्धले पनि अर्को रमिता देखाएको पत्रपत्रिकाले उजागर गरेकै छन्’ सांसद बरालीले ब्यङ्ग्य गरे। उनको यो ब्यङ्ग्य सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेभित्रको अन्तरसंघर्षप्रति लक्षित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।